बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरमा कर्फ्यु

  • 13
    Shares
१७  भाद्र ललितपुर ।जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ।
बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक
बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हाे ।
कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षा र अमनचयनमा बाधा पर्ने गरी गतिविधि देखिए कर्फ्यू लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ।
‘कर्फ्यू बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कायम हुन्छ,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘ललितपुर जिल्ला पूरै भन्ने हैन।’
कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि हुन दिइँदैन। प्रेस, कूटनीतिक नियोग, सरकारी सवारीहरूलाई आवागमनमा बाधा पर्ने छैन।
सोहिक्रममा प्रहरीमाथि कुटपिट गर्ने १० जनालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुल्चोक घटनामा पक्राउ व्यक्तिहरु :
१) लपु मनपा वडा १६ गावाहाल, बर्ष ४० को महेश बज्राचार्य
२) ऐ वडा ११ बंगलामुखी, बर्ष ३९को पृथ बिन्दु महर्जन
३) ऐ वडा २१ बस्ने बर्ष ३८ को अशोज कुमार महर्जन
४) ऐ वडा ६ बस्ने बर्ष ३६ को रवि शाक्य
५) ऐ वडा १६ बस्ने बर्ष ४० को रविन शाक्य
६) महालक्ष्मी नपा वडा १ इमाडोल बस्ने बर्ष ४३ को सुविन शाक्य
७) ऐ इमाडोल को ध्रुवराज बज्राचार्य,
बर्ष ४७
८) भक्तपुर ठिमी-८, बर्ष ३२ को श्याम श्रेष्ठ
९) का. जि. कामनपा वडा १६ बस्ने बर्ष ४०को यादवलाल कायस्थ
प्रकाशित : २०७७, १८ भाद्र बिहीबार २२:५६