चन्द्रागिरि दहचाेकमा सामुहिक करणी गरेकाे आरोपमा दुई थानकोट प्रहरीकाे फन्दामा

  • 18
    Shares
काठमाडौं, १८ भदौ । काठमाडौंको चन्द्रागिरी–१ दहचोक बस्ने एक महिलालाई अपरिचित व्यक्तिहरूले सामूहिक करणी गरेको अभियोगमा दुई जना प्रहरी नियन्त्रणमा परेका छन् ।
विहीबार १९ वर्षीया महिलालाई करणी गरेको आरोपमा दुई जना पुरुषलाई महानगरीय प्रहरी बृत्त थानकोटले नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख घनश्याम श्रेष्ठका अनुसार मुगुको सोरु गाउँपालिका वडा नम्बर १० घर भई का.जि. चन्द्रागिरी न.पा. ३ बस्ने २८ वर्षीय लोकेन्द्र बहादुर मल्ल र २३ वर्षीया रतन बहादुर शाहीलाई नियन्त्रणमा लिइएको हो ।
थानकोट बृत्तका अनुसार नियन्त्रणमा परेकाबिरूद्ध मुलुकी अपराध संहिता–२०७४ को करणी सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।              https://www.facebook.com/2005768422815902/posts/3438746269518103/
प्रकाशित : २०७७, १८ भाद्र बिहीबार २३:०५