काठमाडौ का प्रमुख जिल्ला अधिकारी दाहाल उत्कृष्ट निजामती कर्मचारी पुरस्कार बाट पुरस्कृत

  • 360
    Shares

काठमाडौ २२,निजामती कर्मचारी दिवस को अवसर मा प्रदान गरिदै आएको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार काठमाडौ का प्रमुख जिल्ला अधिकारी को भुमिकामा रहनुभए का सहसचिव जनकराज दाहालले प्राप्त गर्नु भएको छ ।

निजामतीसेवा प्रवेश का सुरुवाती दिनबाटै स्वच्छ छबिको प्रशासक को रुपमा चिनिने दाहाल ले पर्बत,ईलाम,सिन्धुली ,झापा लगायत का जिल्ला मा प्रमुख जिल्ला अधिकारी रहेर कुशलता पुर्बक जिम्मेवारी सम्हाल्नु भएको छ ।

दाहालले बिगत एकबर्ष देखि अबसर र चुनौती को चाङ रहेको र संघिय राजधानी समेत रहेको काठमाडौ को प्रमुख जिल्ला अधिकारी को जिम्मेवारी सम्हाल्दै गर्दा बिश्वब्यापी महामारी को रुपमा फैलिएको कोभिड -१९ ले नेपाल् पनि अछुतो रहन सकेन ।

संघिय राजधानी रहेको र मानिसहरु को आवजावत नरोकिएको अबस्थामा काठमाडौ कोरोना को हट्स्पट बनिरहेको मा उहाँको नेतृत्व मा रहेको डिसिएमसी ले कोरोना नियन्त्रण का लागि भर मग्दुर प्रयास गरिरहेको छ ।

यसका अलावा राजधानी को सुरक्षा ब्यबस्थापन, जिल्ला प्रशासन कार्यलय बाट प्रदान गरिने प्रशासनिक कामलाई चुस्तदुरुस्त बनाउने देखि कोभिड -१९ का संक्रमित ब्याक्ती को उपचारमा सहयोग गर्ने कन्ट्याक्ट् ट्रेसिङ मा परेका लाई क्वारेन्टाइन को ब्यबस्थापन गर्ने कर्यमा उहाँको सक्रियता उल्लेख्य रहेको थियो ।

दाहालले उत्कृष्ट निजामती पुरस्कर पाँउदा आफू हषिेत भएको बताउदै थप जिम्मेवार बन्न प्रोत्साहित गरेको गरेको हुनाले आफूले प्राप्त जिम्मेवारी लाई थप उचाईमा पुर्याउन लागि पर्ने सिन्युजलाई बताउनु भयो ।

यस् बर्ष दस जना विभिन्न तहका कर्मचारी लाई उत्कृष्ट निजामती पुरस्कार प्रदान गरिएको छ त्यस्तै निजामती सेवा पुरस्कार तीस जनालाई प्रदान गरिएको छ गत बर्ष जस्तै यो बर्ष पनि सर्बोउत्कृष्ट बिधामा भने कसैलाई पुरस्कार प्रदान गरिएन । सर्बोउत्कृष्ट कर्मचारीले दुई लाख,उत्कृष्ट ले एक लाख र निजामती सेवा पुरस्कार प्राप्त गर्नेले पचास हजार नगद प्राप्त गर्दछ्न ।

प्रकाशित : २०७७, २२ भाद्र सोमबार १९:४५