लामाे समय देखि राेकिएकाे जग्गाको कित्ताकाट खुल्यो

  • 78
    Shares
२२ भदौ, काठमाडौं । लामाे समय देखि राेकिएकाे जग्गा कित्ता काट खुला गरेकाे छ ।
सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको एक विज्ञप्ति निकाल्दै जानकारी गराएकाे हाे ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकाे बताईन ।
२०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गरेकी हुन ।
‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ ।
मन्खाद्यत्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।
प्रकाशित : २०७७, २३ भाद्र मंगलवार १०:४५