आज ९०२ कोरोना थपिए : संक्रमितको संख्या ४८ हजार नाघ्यो, उपत्यकामा जना ३९६ संक्रमित

  • 11
    Shares
काठमाडौं, २३ भदौ ।  नेपालमा कोरोना भाइरसका आज ९ सय २ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या ४८ हजार १ सय ३८ पुगेको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा २२ सय ८७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३२ हजार ९ सय ६४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।
प्रकाशित : २०७७, २३ भाद्र मंगलवार १८:३७