पोखरामा दुई महिलामाथि बलात्कार गरेको आरोपमा सुवेदी पक्राउ २०७७, २५ भाद्र बिहीबार १२:०९ २५ भाद्र कास्की । पोखरामा दुई महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलीले मंगलबार पोखरा महानगर-७ शान्तिनगर बस्ने ३७ वर्षीय बामदेव सुवेदीलाई पक्राउ गरेको हो। कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले ३१ र ३६ वर्षीया महिलालाई विभिन्न डर, धम्की तथा प्रलोभन देखाइ बलात्कार गरेको आरोपमा पक्राउ गरेकाे बताए । उनीविरूद्ध जाहेरी आएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीविरूद्ध प्रहरीले करणीसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी कार्यालयले जनाएको छ।