बालबच्चासँग बातचीत गर्ने गरौ

  • 5
    Shares

घरबाहिर निस्कन मिल्दैन । साथभाईसँग भेट्न सकिदैन । बाहिर खेल्न–कुद्न पाइदैन । दिनभर बालबच्चा कसरी घरभित्र बसिरहेका छन् रु
आफ्ना आमाबुवासँग बस्न पाउँदा, घरमै खेल्ने मौका मिल्दा बालबच्चाहरु खुसी हुनुपर्ने हो । उनीहरु रमाउँदै घर–परिवारसँग घुलमिल हुनुपर्ने हो । आमाबुवाले जस्तै घरायसी कामधन्दा सिक्नुपर्ने हो । भान्साको काम गर्न, करेसाबारी गोडमेल गर्न रहर गर्नुपर्ने हो । तर, स्थिति सोचेजस्तो देखिदैन ।

अघिल्लोपटक गरिएको लामो अवधिको लकडाउनमा बाल आत्महत्या दर बढेको पाइयो । लकडाउनको बखत नेपालभर एक सय बढी बालबालिकाले आत्महत्या गरे । आखिर के कारणले बालबालिका आत्महत्या गर्ने मोडमा पुग्दैछन् रु
मनोविज्ञहरुका अनुसार एकातिर घरभित्र खुम्चिनुपर्ने, अर्कोतिर अनेकथरी त्रासले बालबच्चाको मानसिक स्थिति नाजुक बन्दैछ । त्यसैगरी बुवाआमाको खराब सम्बन्ध लगायतले पनि उनीहरुमा ग्लानी र हीन भावना बढाएको छ ।
बुवाआमासँग नजिक हुँदा उनीहरु रमाउनुपर्ने हो । सुरक्षाको अनुभूति गर्नुपर्ने हो । घरमा बसिरहँदा उनीहरुले आमाबुवाको व्यवहारलाई नजिकबाट नियालिरहेका छन् । यस्तो अवस्थामा बुवाआमाको आपसी व्यवहार खराब भएमा, उनीहरुको सम्बन्ध सुमधुर नभएमा वा खटपट भइरहेमा त्यसले बालबच्चामा अरु असुरक्षा महसुष हुन्छ । उनीहरु दुःखी र निरास बन्न पुग्छन् । साथीभाईसँग घुलमिल नभएको वा घर–वाहिरको वातावरणमा रमाउन नपाएका उनीहरुमा खराब पारिवारिक वातावरणले नराम्ररी बिथोलिन्छन् । त्यही कारण उनीहरुको आत्माविश्वास गुम्ने, ग्लानीभाव जाग्ने, दुःखी हुने, चिन्तित रहने र डिप्रेसनको अवस्थामा पुग्ने बताइन्छ । अन्ततः यसले उनीहरुलाई कुलत वा आत्महत्याको लागि उकास्ने भय रहन्छ ।
त्यसैले बालबच्चालाई यतिबेला उचित ख्याल राख्नुपर्ने सही अभिभावकत्व दिनुपर्ने मनोविद्हरुको जोड छ । मनोविज्ञ विजय ज्ञवाली भन्छन्, ‘बालबच्चाहरु स्वभावैले चञ्चल र केही न केही गरिरहने हुन्छन् । तर, अहिले लामो समय घरभित्रै बस्नुपर्ने बाध्यताले उनीहरुमा छटपटी बढाएको छ । यस्तो बेला उनीहरुलाई उचित अभिभावकत्वको खाँचो छ ।’
बालबच्चासँग बातचीत
अभिभावकहरु आफ्नै सुरमा लाग्ने र बालबच्चालाई बेवास्ता गर्ने प्रवृत्ति हुन्छ । बालबच्चा के गर्दैछन् रु के सोच्दैछन् रु कसरी खेल्दैछन् रु के कुरामा भुलिएका छन् रु अभिभावकले चासो दिन आवश्यक रहेको ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘बालबच्चाप्रति निगरानी र नियन्त्रण गर्ने भन्दा पनि उनीहरुप्रति अभिभावकले रुची देखाउनुपर्छ ।’
बालबच्चासँग बोल्ने, उनीहरुको कुरा सुन्ने, उनीहरुसँगै खेल्ने वा काम गर्ने जस्ता व्यवहार गर्नुपर्ने उनको सुझाव छ ।
अभिभावकले यतिबेला बालबच्चालाई घरधन्दाको काम सिकाउन सक्छन् । घर व्यवहारको कुरा बुझाउन सक्छन् । फूल बगैंचा वा करेसाबारीको काममा लगाउन सक्छन् । लुगा धुने, भाँडा माझ्ने, घर सफा गर्ने, सागसब्जी केलाउने जस्ता काममा सहभागी गराउन सक्छन् । यसले एकातिर बच्चाको दैनिकी पट्यारलाग्दो हुँदैन भने अर्कोतिर उनीहरुले जीवनयोपयोगी सीप सिक्छन् ।
बच्चासँग बच्चाकै कुरा
हामी बच्चासँग आपसी कुराकानी गर्दैनौ । बच्चाले हाम्रो स्तरबाट सोच्दैनन्, हाम्रो स्तरबाट बुझ्दैनन् । उनीहरुको सोचाई, बुझाई कच्चा हुन्छ । यही ठानेर उनीहरुसँग हामी बातचीत गर्दैनौ । बरु एकतर्फी रुपमा उनीहरुलाई आदेश दिइरहेका हुन्छौ ।
यो गर, त्यो गर, यसरी गर । हामीले उनीहरुको धारणा सुन्दैनौ । हामीले अह«ाएको खुरुखुरु गर्नुपर्छ । तब मात्र उनीहरुलाई हामी ज्ञानी, आज्ञाकारी भनेर दंग बनाइदिन्छौ ।
लुगा फुकाल, हातखुट्टा धोउ, खाना खाउ, होमवर्क गर, पढ, हल्ला नगर, टिभी बन्द गर, चकचक नगर, बाहिर नखेल, मोवाइल धेरै नहेर । यसरी उनीहरुलाई हामी हठात आदेश जारी गरिरहेका हुन्छौ ।
बच्चासँग हामी किन संवाद गर्दैनौ रु किन दोहोरो कुराकानी गर्दैनौ रु उनीहरुले भनेको कुरा किन गंभिरतापूर्वक सुन्दैनौ रु
हामीलाई आफुमात्र जान्नेबुझ्ने लागेर हो । बच्चाले केही जानेकै छैन भनेर हो । तर, हामीले नजानेको कुरा चाहि के हो भने, बच्चाको स्तरबाट कुनैपनि कुरालाई जसरी बुझ्छ, त्यसलाई हामीले पनि बच्चाकै स्तरबाट बुझेर कुराकानी गर्न सकिन्छ । अर्थात बच्चाका लागि बच्चा जस्तै हुन सकिन्छ ।
जब जब हामी बच्चासँग खेल्न र रमाउन थाल्छौ, उनीहरु हामीसँग सबै कुरा खुलेर गर्छन् । यसले बच्चाको मनोविज्ञान, सोंच सबैकुरा थाहा पाउन सकिन्छ ।
खासमा हामीले बच्चामाथि अन्याय गरिरहेका हुन्छौ । उनीहरुलाई दबाइरहेका हुन्छौ । माया गरेरै पनि हामी उनीहरुलाई खुम्चाइरहेका हुन्छौ । उनीहरुको भाषा सुन्ने र बुझ्ने कोसिस गरिरहेका हुँदैनौ । त्यही कारण बच्चाहरुले अभिभावकसँग सबै कुरा खुलेर गर्दैनन् । उनीहरुले कुरा गर्ने अनुकुलता पाएकै हुँदैनन् ।
तर, तपाईं आफ्नो बच्चासँग बच्चाजस्तै भएर बातचीत गर्न थाल्नुहोस्, धेरै कुरा तपाईंले घतलाग्दो पाउनुहुनेछ । उनीहरुले पनि हरेक कुरालाई आफ्नै ढंगले बुझिरहेका हुन्छन्, हेरिहेका हुन्छन् । तर, उनीहरुको बुझाई र हेराईलाई हामी बेवास्ता गरिदिन्छौ ।
बच्चाको कुरा सुन्नुपर्छ । उनीहरुको धारणा र बुझाईलाई सम्मान गर्नुपर्छ । उनीहरुलाई आफ्नो कुरा पनि सुनाउनुपर्छ । उनीहरुको कुरा पनि सुन्नुपर्छ । एकअर्कासँग घुलमिल भएर बातचीत गर्नुपर्छ । यसले बच्चाको भावनात्मक एवं मानसिक विकासमा धेरै ठूलो योगदान पु¥याउँछ ।

प्रकाशित : २०७७, २५ भाद्र बिहीबार १३:२४