सुनिलस्मृती गा.पा.३ रोहिनिबाङमा लुटपाट गर्ने व्यक्ति पक्राउ

२५ भाद्र राेल्पा । राेल्पा प्रहरीले लुटपाटमा संलग्न रहेकाे अाराेपमा एक जनालाई पक्राउ गरेकाे छ ।
रोल्पा सुनिलस्मृती गा.पा.३ रोहिनिबाङ स्थित रहेको श्रीमानले विदेशवाट पठाएको पैसा लुटपाट गरि फरार एकजनालाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रबक्ता प्रहरी निरीक्षक शंकर खड्काकाले जिल्ला स्थित लुंग्री गाउँ पालिका २ सिर्प बस्ने बर्ष ४० कि तिरमा पुनको रकम लुटपाटमा संलग्नलाई पक्राउ गरिएको बताए ।
प्रहरी निरीक्षक खड्काका अनुसार उनका श्रीमान दुर्गा ब.पुनले साउदीबाट पठाएको रकम रु.१,१८,०००।–(एक लाख अठार हजार) झिकि ब्यागमा राखि पसलतिर गई सामान किनिराखेको अवस्था पारेर ब्यागबाट पैसा लुटी फरार भएकाे उजुरीका अाधारमा तत्काल घटना स्थलवाट प्रहरी परिचालित गरिएकाे उनकाे भनाइ छ ।
पैसा लुटपाट पश्चात् ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले महिलाकाे उजुरीका अाधारमा प्रहरीलाई जानकारी गराए पश्चात प्रहरी परिचालन भई तुरून्त आईएमईकाे फुटेजकाे अाधारमा एक युवालाई प्रहरीले पक्राउ गर्न सफल भएकाे छ प्रहरी निरीक्षक खड्काले भने ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पा लुंग्री गा.पा.५ बुझिङ बस्ने बर्ष १८ को शिवे रोका क्षेत्रीलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा निजको साथबाट नगत रु.१,१६,६५०।–(एक लाख सोह्र हजार छ सय पचास) फेला परेको छ ।
प्रहरीले लुटपाटका विषयमा थप आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।