रोल्पामा गोठ भत्किँदा दुई बालकको मृत्यु, आमा र हजुरआमा  घाइते

२८ भाद्र राल्पा । राेल्पामा गाई गाेठकाे बाल भत्कदा दुई बालककाे च्यापिएर घटनास्थलमै मृत्यु भएकाे छ ।
जिल्ला स्थित राेल्पाकाे लुग्री गाउँ पालिका वडा नम्बर १ आपे भने स्थानमा गाई गाेठकाे वाल भत्कदा दुई बालककाे मृत्यु च्यापिएर भएकाे हाे ।
घटनाको पुष्टि गर्दै रोल्पाका प्रहरी प्रहरी प्रवक्ता तथा इन्सपेक्टर शंकर खड्काले तिलाचौर र सुलिचौरबाट गएको प्रहरी टोलीले पहिरोले पुरिएका दुई बालकको शव निकालेको जानकारी दिए ।
गाउँका ज्ञानसिङ्ग घर्तीको गोठ माथिबाट आएको पहिरोले पुरिँदा गोठमा सुतिरहेका उनका ११ वर्षीय छोरा युवराज र ८ वर्षीय अर्का छोरा अमर घर्तीको ज्यान गएको प्रहरी निरीक्षक खड्काकाे भनाइ छ ।
बालकहरुसँग गोठकै सुतेका अन्य २ जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।
आमा बर्ष ३० ननकली घर्ती मगर र हजुर आमा घाईते भएका छन् । घाईतेकाे राेल्पा स्थित सुलिचाैरमा उपचार भएईरहेकाे छ ।