मन्त्री भट्टराईद्वारा पाेखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमान स्थलकाे निरिक्षण

  • 25
    Shares
२७ भाद्र पाेखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भट्टराईले आज निर्माणाधीन पाेखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमान स्थलकाे निरिक्षण अवलाेकन गरेका छन् ।
उक्त क्रमा मन्त्री भट्टराईले विमान स्थल निर्धारित समयमै सम्पन्न भई सञ्चालन आउने बताएका हुन ।
काेराेना भाईरस संक्रमनका कारण पर्न सक्ने सवै समस्याको समाधानका लागि सरकारले सहजिकरण गर्ने उनले जानकारी दिए ।
पाेखरा क्षेत्रीय विमान स्थलका आयाेजनना प्रमुख बिनेस माेनकर्मीले हाल सम्म ६४ प्रतिशत काम सम्पन्न भएकाे जानकारी दिएका थिए । विमानस्थल निर्माण पश्चात् काेराेना संक्रमन न्युनिकर भए पाेखरामा आउने पर्यटककाे संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।
प्रकाशित : २०७७, २७ भाद्र शनिबार १६:१६