नेपालमा थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि

  • 4
    Shares
२७ भाद्र  काठमाडौं । नेपालमा थप १ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १० हजार १७६ जनामा पीसीआर परिक्षण गर्दा १ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १५,२६० रहेको प्रवक्ता गौतमले जानकारि दिए ।
यस्तै थप ८५२ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३७ हजार ५२४ पुगेको छ । यो संख्या कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत हो । आज ६ हजार ३५४ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा मृतक १४ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ३३६ जनामा कोरोना पुष्टि भएको छ।
प्रकाशित : २०७७, २७ भाद्र शनिबार १६:२९