भारत जाँदै थियाे ३ सय किलो गाँजा प्रहरीले गर्याे बरामद, ट्रक स्टार्टमै छोडेर चालक फरार

२८ भाद्र काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीले तीन सय ९ केजी गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सन्ताेष सिंह राठौरले पर्सा गाउँपालिका-५ डोमोवा टोलबाट ना ४ ख ७७४८ नम्बरको ट्रकबाट सो गाँजा बरामद गरेको हो।                                   
प्रहरीले ग्रामीण क्षेत्रको बाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ गाँजा ओसारपसार भइरहेको भन्ने विषेश सूचनाको आधारमा राति चेकिङ गर्ने क्रममा सुक्नाहाबाट पर्सातर्फ आउँदै गरेको ट्रकमा तीन सय ९ केजी गाँजा बरामद भएकाे हाे ।
शंका लागेपछि प्रहरीले जाँच गर्दा ट्रक चालक फरार भएका थिए। ट्रक स्टार्टमै राखेर उनी फरार भएका हुन्। प्रहरीले ट्रकको ढाला चेक गर्दा ११ पोकामा ३ सय ९ किलो गाँजा बरामद गरेको थियाे ।
चालक र गाँजा ओसारपसार गर्नेहरूको खोजी भइरहेको प्रहरी प्रहरीले जनाएको छ । प्रहरी स्राेतका अनुसार १ केजी गाँजा नेपालमा १ हजारमा खरिद गरि गाँजालाई पेलेर प्याक वनाएर १६ हजार भारूमा खरिद बिक्री हुँदै अाएकाे खुल्न अाएकाे छ ।
प्रकाशित : २०७७, २८ भाद्र आईतवार १३:५३