सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प : अपडेट

  • 34
    Shares

काठमाडौँ । काठमाडौ उपत्यकासहित देशभर भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ५ बजेर १८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको प्रमुख अधिकारीले सिन्यूजलाई बताए ।

भूकम्पले हलाएपछि सबै घर बाहिर निस्केका थिए ।

प्रकाशित : २०७७, ३१ भाद्र बुधबार ०५:४९