संविधान दिवसः ५९४ जनालाई मानपदवी, अलंकार र पदक

काठमाडौ ,सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गरेको छ । सरकारले ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरेको हो। विभूषण, अलंकार र पदक आज संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण भएको हो ।

सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदै छ। त्यस्तै अख्तियार दुरपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नविनकुमार घिमिरेलाई पनि प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) बाट सम्मानि गरिने भएको छ।

यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन। राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु-याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। यस वर्ष सरकारले ५९४ जनालाई सम्मानित गरेको छ ।