बम बिस्फोट मुद्दाका फरार रहेका कपिलदेव प्रहरीकाे घेरामा

बारा । जिल्ला प्रहरी कार्यालय बाराले बम बिस्फोट एवं सगठित अपराध मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा संगठित मुद्धाका फरार प्रतिवादी परवानीपुर गाउपालिका वडा नम्वर १ का कपिलदेव महतो रहेका छन् ।
लकडाउनका बेला महतो संगठित अपराधमा सक्रिय रहेको सुचनाको आधारमा मंगलवार राति १० बजेको प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय वाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीले सिन्युज नेपाललाई बताए ।
आपरधिक गतिविधि गर्ने प्रमोद गोढका समुहले एम एस ईटा उद्योगका सञ्चालकसँग २ महिना देखि पटक पटक फोन मार्फत १५ लाख रकम माग गरेका थिए । एम एस ईटा उद्योगका सञ्चालकले रकम नदिएपछि गत वर्ष कार्तिक ४ गते परवानीपुर गाउँपालिका वडा नम्वर ४ स्थित इट्टा उद्योगमा बम विस्फोट गराएका थिए ।
इट्टा उद्योगका सञ्चालकसँग फोन र एसएमएस मार्फत बम विस्फोट गराउने समुहले पटक पटक रकम माग गरि धम्कि दिने गरेका थिए । रकम नदिए घरपरिवारका सदस्यलाई हानी नोक्सानी पु-याउने धम्कि दिदै आएका थिए ।
धम्कि दिने समुहलाई र इट्टा व्यवसायीले ३ लाख दिने भन्दै प्रहरीलाई पनि जानकारी गराए । प्रहरीकै योजना अनुरुप परवानीपुर गाउँपालिका वडा नम्वर ४ स्थित चैनपुरमा भेटने योजना बन्यो । जब धम्कि दिने समुहका सदस्य इट्टा व्यवसायी भएको ठाउँमा आइपुगे प्रहरीले सो ठाउलाई घेराबन्दी गरे प्रमोद गोढ, देवशकर राम, अच्छेलाल गोसाई र दिपेन्द्र कुमार धानुकलाई पक्राउ ग-यो । सोही समुहका कपिलदेव महताे लुकिछिपी भारतमा बस्दै आएका थिए । कपिलदेव महतो केही दिन अघि नेपाल प्रवेश गरी पुनः सकृय रहेको र लुकिछिपी आपराधिक गतिविधिमा संलग्न हुन लागेको भन्ने सूचनाको आधारमा उनी पनि पक्राउ परे ।
अहिले चारै जना बम विष्फोट तथा संगठित अपराध मुद्दामा वीरगंज कारागारमा छन् । महतोलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पठाउने आवश्यक कागजात तयार भईरहेको प्रहरी प्रमुख पंगेनीले बताए ।
प्रकाशित : २०७७, ७ आश्विन बुधबार २०:१६