धादिङका प्रहरी प्रमुखकाे जिम्मेवारी खड्कालाई

  • 1
    Share
८ असोज, काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपीकाे जिम्मेवारीमा महेन्द्र खड्कालाई पठाएको छ ।
कमजोर कार्यसम्पादनलाई कारण देखाउँदै एसपी रवीन्द्र रेग्मीलाई काठमाडौंमा तान्दै उनकाे स्थानमा खड्कालाई पठाएको हाे ।
प्रहरी प्रबक्ता कुवेर कठायतले रेग्मीको ठाउँमा सम्पत्ति शुद्धिकरण विभागमा कार्यरत एसपी महेन्द्र खड्का पठाइएकाे बताए ।खड्काको ठाउँमा रेग्मीले जिम्मेवारी सम्हाल्ने गरी बिहीबार काज सरुवा गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले आर्थिकरुपमा प्रश्न उठेका र कार्यसम्पादनमा कमजोर देखिए पछि तानेकाे स्राेत जानकारी दिएकाे छ ।
प्रकाशित : २०७७, ८ आश्विन बिहीबार २०:५७