महाशाखाकाे टाेलीले कर्तव्य ज्यानको फरार अभियुक्त ५ वर्षपछि पक्राउ

  • 3
    Shares
९ असाेज काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले ५ वर्ष पछि कर्तव्य ज्यानको फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।
पाँच वर्ष अगाडि ललितपुर वडा नं. ५ लेले फैडोल सामुदायिक वनमा जिल्ला सुनसरी ईटहरी न.पा. वडा नं. ४ घर भई ललितपुर जिल्लाको चापागाउँ बस्ने वर्ष २६ की आरती परियारको घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरि फरार अभियुक्त ५ वर्षपछि पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले अनुसन्धान गर्ने विशेष टोली बनाई अनुसन्धान तथा फलाे अफ गरिरहेको सन्दर्भमा उल्लिखित घटनामा संलग्न रही फरार रहेका जिल्ला सिराह विष्णुपुर गाउँपालिका वडा नं. ५ लक्ष्मीपुर का २४ वर्षिय रवि कुमार यादवलाई पक्राउ गर्न सफल भएकाे बताए ।
एसएसपी थापाले भने,” महाशाखाले लगातार निग्रानी राखी सूचना संकलन गर्दै आएको, घटना पश्चात निज भारत स्थित बैङ्लोरमा लुकिछिपी बस्दै आएको र हाल केही दिन देखि निज काठमाण्डौमा आएको भन्ने सूचनाको आधारमा यस महाशाखाबाट खटिएको टोलीले काठमाण्डौको मैतिदेवीबाट पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाईएको छाै ।
प्रकाशित : २०७७, ८ आश्विन बिहीबार २१:२५