शंकास्पद व्यक्तिलाई चेक गर्दा फेला पर्‍यो दुई केजी चरेस

  • 15
    Shares
१० असाेज काठमाडौं ।राजधानीकाे चन्द्रागिरिमा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा दुई केजी चरेस फेला पारेकाे छ ।
महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलिद्वारा चन्द्रागिरि नगरपालिका वडा नं. १२ ईन्चाटोल स्थित सार्वजनिक बाटोमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा दुई केजी चरेस सहित एक जना पक्राउ परेका हन् ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार जिल्ला मकवापनुर थाहा न.पा वडा नं. ७ पाखुरे घर भई हाल का.जि चन्द्रागिरि न.पा १२ बस्ने वर्ष २३ को सुबिन्द्र स्याङ्ताङलाई् दुई केजी चरेस सहित पक्राउ गरीएको बताए ।
प्रनाउ श्रेष्ठले भने, हाम्राे प्रहरी टाेलीले बाटाेमा शंकास्पद अवस्थामा हिडिरहेका व्यक्तिकाे शरीर तथा निजले बोकेको रातो रंगको हाते झोला खानतलासी गर्दा उक्त झोला भित्र टेपले बेरेको दुई पोकामा लागु औषध चरेश २ (दुई) किलो फेला परेको हो ।”
पक्राउ परेका स्याङ्ताङलाई् लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको छ थानकोट प्रहरीले जनाएको छ ।
प्रकाशित : २०७७, १० आश्विन शनिबार २३:४३