नक्कली लाेकल कुखुराको चल्ला फेला,चार पक्राउ

  • 15
    Shares
काठमाडौं, १३ असोज । ब्रोइलर कुखुराका चल्लालाई  मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई प्रहरी पक्राउ गरेको छ ।
काठमाडाैँकाे कंलकीमा नक्कली लोकल कुखुराको बिगबिगि मच्चिए पछि प्रहरीले सो विषयमा अनुसन्धान सुरु गरेको थियो । बोईलर कुखुराको चल्लालाई कालो रातो मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै महंगोमा विक्री गर्ने समूह सक्रिय भएपछि कंलकी र काठ क्षेत्रमा यस्तो बिगबिगी मच्चिएको पाइएकाे हो ।
यसरी बोईलर कुखुरालाई मेहँन्दी लगाएर विभिन्न किसिमको कृतिम रङ्ग लगायदै लोकल बनाउदै बिक्री गर्दै आएका भारती नागरिकहरूलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको छ ।                                                             
सेतो चल्लालाई कालो रातो रङ्ग लगाउदै गर्दा काठमाडौं कंलकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान,सुनिता जैसवाल,चन्दा देवी शाह कालीमाटी बृत्तले पक्राउ गरेका छ ।             
करिव अन्दाजी २८ हजार ६ सय गोटा तयारी तथा रङ्ग लगाउन बाकी चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी अपिल राज बोहराले बताउनुभयो ।
 जस मध्ये ३ हजार ६ सय ५० चल्लामा कलर गरिएको हो । बोईलर भन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा विक्रि हुदो रहेछ त्यहि भएर चल्ला ल्याउदै महङ्गोमा गरिहेको पाइयो, उहाँले भन्नुभयो ।
उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्र लोकल,गिरिराज,कोईलर भन्दै १० रूपयामा गरिद गरि ल्याएको चल्ला दुई सय देखि ३ सय सम्म विक्रि वितरण गर्दै आईरहेका थिए ।
प्रकाशित : २०७७, १३ आश्विन मंगलवार १५:४०