स्कारपियो गाडिमा ८ किलाे अफिम,ड्राइभर सहित ४ पक्राउ

  • 51
    Shares
१७ असाेज दाङ । प्रहरीले चेक जाँचकाे क्रममा लागुऔषध अफिम सहित पाँच जनालाई पक्राउ गरेकाे छ ।
जिल्ला स्थित रोल्पा सुनिलस्मृती गा.पा २ खुङग्री स्थित रोल्पा भालुवाङ(दाङ) सडक खण्डमा ई.प्र.का खुङग्रीको चेक जाँचकाे क्रममा लागुऔषध अफिम सहित पाँच जनालाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले सुलिचौर बाट दाङ तर्फ जादै गरेको बा १५ च ३७७६ नम्बरको स्कारपियो गाडि चेकजाँच गर्ने क्रममा ८ किलो ३०० ग्राम अफिम सहित तीन महिला र दुई पुरूष पक्राउ गरिएको बताए ।                                   
पक्राउ पर्नेमा जिल्ला रुकुम भुमे गा.पा ४ बस्ने बर्ष ३७ कि ज्योती घर्ती साेही स्थान बस्ने बर्ष ३० कि निसा पुन ,जिल्ला दाङ हारपुर गा.पा ६ रवाना बस्ने बर्ष ४५ कि दिलप्रभा बुढा,जिल्ला सुर्खेत गुरवाकोट न.पा. ९ चिसापानी बस्ने बर्ष ३३ को मोतीलाल परियार ,जि.रोल्पा सुनछहारी गा.पा.१सेराम घर भई हाल जि.दाङ घोराई उ.म.न.पा.४ राप्तीटोल बस्ने बर्ष ३५ को याम ब. घर्ती मगर ( गाडि चालक ) रहेका छन् ।
गाडी सहित प्रहरीको नियन्त्रमा लिई आबश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबत्ता प्रहरी निरीक्षक शंकर खड्का जानकारी दिए ।
प्रकाशित : २०७७, १७ आश्विन शनिबार २२:३७