महाराजगञ्जको जोडियाक मार्केटिङ डिस्टुविउटरकाे गोदाममा प्रहरीले छापा(फाेटाे फिचर )

म्याद गुज्रेको ३ करोड बराबरको सामान बरामद

  • 1
    Share
२० असाेज काठमाडौं ।महाराजगञ्जको जोडियाक मार्केटिङ डिस्टुविउटरकाे गोदाममा प्रहरीले छापा हानेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले छापा हानी ठूलो मात्रामा सामान बरामद गरेको हाे ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरका अनुसार गोदाम सञ्चालकसहित तीनजना पक्राउ परेकाे बताए ।
एसपी राठौरले पक्राउ पर्नेमा सञ्चालक जितेन्द्रकुमार लोइया, लेखापाल मुकेश रौनियार र अर्का कर्मचारी अनिल मगर रहेका छन् । उनीहरुलाई कालो बजारी ऐनअनुसार मुद्दा चलाइने एसपी राठोरले जानकारी दिए ।
गोदामबाट बिष्कुट, तेल, क्यानकाे टुनाफिस,डाइपर टिस्यु पास्ता, चकलेट , पेपरलगायत ३ करोड बराबरको म्याद गुज्रेको सामना पनि बरामद भएको छ । गोदामबाट उनीहरुले नयाँ प्याकेटमा पुरानो म्याद सकिएका सामान बाहिर पठाउने गरेको प्रहरीको भनाइ छ ।
परिसर काठमाडौ,बाणिज्य आपुर्ति र जिल्ला प्रशासनकाे टाेलीले सामानकाे लिष्टिङ र मुचुल्का उठाउने काम गरिरहेकाे छ ।
केही दिन अगाडि पनि प्रहरीले कलंकीस्थित गोदाममा छापा हानी ठूलो परिमाणमा सामान बरामद गरेको थियो । बिहीबार मात्रै काठमाडौंको कलंकीबाट ठूलो परिमाणमा पौष्टिक खाद्य आहारदेखि कस्मेटिकजन्य वस्तुमा नयाँ मिति राख्दै गरेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो ।  पक्राउ परेकाहरू सामान्य तारिकमा छुटेपछि सराेकारवालाहरू चिन्तित बनेका छन् ।                                    तस्बिरहरू                                                     
प्रकाशित : २०७७, २० आश्विन मंगलवार २०:२३