५ महिना गजुरीका डिएसपी विश्वराज खड्का यस कारण तानिए

  • 220
    Shares
२३ असाेज काठमाडौं । धादिङ स्थित ईलाका प्रहरी कार्यालय (ईप्रका)गजुरीका प्रमुख एबं डिएसपी विश्वराज खड्कालाई आज एकाएक काज सरुवा मार्फत जिम्मेवारीबाट हटाइएको छ ।
उनलाई ईलाका प्रहरी कार्यालयको नेतृत्व गरेको ५ महिना नपुग्दै हटाइएको हो । उनलाई प्रहरी प्रधान कार्यालय स्थित शसस्त्र प्रहरी गण नम्बर–१ मा सरुवा गरिएको हो।
डिएसपी खड्काले सो क्षेत्रमा नदिजन्य अवैध निकासीलाई रोक्न हरप्रयत्न गरे पछि सत्ताधारी नेकपाका स्थानिय नेताहरु रुष्ट हुँदै आएका थिए ।
नेपाली कांग्रेसका महामन्त्री एबं प्रभावशाली नेता स्व खुमबहादुर खड्काका भतिजा विश्वराजलाई सत्ताधारी नेकपाका नेता,कार्यकर्ताले गजुरी कार्यक्षेत्रमा खटिएदेखिनै आफु अनुकुल काम नभए हटाउने चेतावनी दिएका थिए,हटाई छाडे स्रोतले भन्यो ।
खुमबहादुर खड्काको भतिजा हो हामीले भनेको मान्दैन भन्दै उनीहरुले शक्ती केन्द्रमा पटक पटक मौखिक उजुरी गरेका थिए स्रोत भन्छ ।
यस अघि धादिङका तत्कालिन जिल्ला प्रमुख एबं एसपी रबिन्द्र रेग्मीलाई पनि पुरा कार्यकाल नेतृत्व गर्न नदिइ एसपी महेन्द्र खड्कालाई पठाइएको थियो ।
धादिङमा सत्ताधारी दलका नेता राजेन्द्र पाण्डे, शालिकराम जम्मरकट्टेल र भुमी त्रिपाठीको आन्तरिक प्रतिस्पर्धा चलिरहन्छ । उनीहरुकै चपेटामा प्रहरी,प्रशासनका कर्मचारी पर्ने गरेको स्रोतले जनाएको छ ।
सत्ताधारी नेता कार्यकर्ताहरुले धादिङ तरुण दलका उपाध्यक्ष राधे भण्डारीसँग मिलेर काम गरेको भन्ने आरोप समेत लगाएका थिए । प्रधान कार्यालय नक्सालले खड्काको स्थानमा डिएसपी युवराज खड्कालाई काज सरुवा गरेको छ ।
त्यस्तै, एसपी कृष्णहरी शर्मालाई महानगरीय प्रहरी पहरा गण सामाखुसीमा सरुवा भएकाछन् । पहरा गणमा कार्यरत सुरेन्द्र मैनाली युएन मिशनमा छनोट भएपछि उक्त स्थान रिक्त थियो ।
प्रकाशित : २०७७, २३ आश्विन शुक्रबार २३:२७