श्रीकृष्ण माविलाई स्वास्थ्य सामग्री हस्तान्तरण

२७ असाेज काठमाण्डौं । बिश्वब्यापी महामारीको रूपमा फैलिएकाे काेराेना भाईरस अर्थात काेभिड १९ ले आम जनजिवनमा निकै असर पुर्‍याईरहेकाे छ ।

काेराेनाबाट आफु पनि बाचाै अरूलाई पनि बचाउ भने उदेश्यका साथ चन्द्रागिरि १ दहचाेकमा रहेकाे श्रीकृष्ण माध्यमिक बिद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हाे ।                                           

चन्द्रागिरी नगरपालिकाका युवा नेता तथा समाजसेवी राेसन दानी , युवा व्यवसायी तथा लेखक माधव अधिकारी , युवा व्यवसायी रामनारायण घिमिरे र समाजसेवी,लायन्स क्लव अफ चन्द्रागिरी मण्डलाका अध्यक्ष देवेन्द्र प्रधान बिद्यालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।                              उनीहरुले श्रीकृष्ण माबि दहचोकलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
उक्त स्वास्थ्य सामग्री बिद्यालयका प्रधानाध्यापक बलराम कार्कीलाई हस्तान्तरण गरिएको हो ।                            श्रीकृष्ण माविकाका प्रधानाध्यापक बलराम कार्कीले सामाजिक रूपान्तरणमा युवाहरूले पुर्‍याएकाे साना सहयाेग विषम अवस्थामा ठुलाे हुने विश्वास व्यक्त गर्दै समाजसेवीहरुले बिद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेकोमा प्रधानाध्यापक कार्कीले आभार ब्यक्त गरे ।                                              समाजसेवी देवेन्द्र प्रधानले सामाजिक उत्तरदायित्व सम्झिएर बिद्यालयलाई सहयोग गरेको बताए । उनले यस अघि पनि चन्द्रागिरीका बिद्यालयहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराइसकेको जानकारी पनि दिए ।

चन्द्रागिरिका सामाजिक व्यक्तित्व तथा युवा व्यवसायी रामनारायण घिमिरेले एक महिनाभित्र स्वास्थ्य सहयोग सम्बन्धी चारबटा कार्यक्रम गरेकाे बताए । उनलेे थपे, “हामीले मानवीय सेवाका लागि सधै निरन्तर लागि रहन्छाै तपाईहरूकाे साथ र सहयाेगकाे खाँचाे छ ।”                                             

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक माधव प्रसाद अधिकारीले उक्त अवसरमा मास्क, सावुन, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको र हामी युवाहरू सधै सामाजिक रूपान्तरण लाग्न आवश्यक रहेकाे औलाए ।

युवा नेता तथा समाजसेवी राेसन दानीले समाजलाई परेकाे हरेक समस्या चुनाैती हल गर्न सक्नुनै मानवीय सेवाकाे अनुपम कार्यरहेकाे चर्चा गर्दै चन्द्रागिरिकाे समग्र रूपान्तरणमा लागि रहने चर्चा गरे ।

देश कोरोना भाइरसले आक्रान्त भैरहेका बेला समाजका बिभिन्न तह र तप्काका ब्यक्तिहरुले सामाजिक भावनाले ओतप्रोत भएर स्वास्थ्य सामग्री निशुल्क उपलब्ध गराउने क्रम जारी छ ।

प्रकाशित : २०७७, २६ आश्विन सोमबार ०७:०५