कालीमाटी बृत्तले आईपीएलमा सट्टेबाजी गर्ने ७ जना पक्राउ

  • 3
    Shares
काठमाडौँ । कालीमाटी बृत्तले इन्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजीमा संलग्न ६ जना पक्राउ गरेकाे छ ।
काठमाडौबाट इन्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजीमा संलग्न ६ जना लाई महानगरीय बृत्त कालीमाटीले पक्राउ गरेकाे हाे ।
महानगरीय प्रहरी बृत्त कालीमाटीका प्रमुख अपिल राज बाेहाेराले उनीहरुलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरि ल्याएकाे बताए ।
डिएसपी बाेहाेराका अनुसार पक्राउ पर्नेमा भारतका कुलदीप शारण, भारतकै सञ्जीव शारण, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, भारत उत्तर प्रदेशको कानपुरका अजय गौतम, कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा, दिल्ली र राजस्थान घर भई हाल वसन्तपुर वस्ने वर्ष ४६ को नविन जैन र सोल्टीमोड बस्ने ५५ वर्षीय अनिलकुमार वंशल रहेका छन् ।
आईपीएलको सट्टेबाजी खेलाउने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा कुलदीप शारणसहित ६ जनालाई पक्राउ गरिएको डिएसपी बाेहाेराकाे भनाई छ ।
कुलदिप कमलपोखरीस्थित होटल कोनार्कको १०५ नम्बर कोठाबाट पक्राउ परेका थिए । उनको साथबाट एक हजार ७ सय २५ रुपैयाँ, एउटा मोबाइल र बा २६ प २१०५ नम्बरको मोटरसाइकल पनि बरामद गरेकाे कालिमाटी बृत्तले जनाएको छ ।
भारत घर भएका सञ्जीव शारणको साथबाट ११ हजार रुपैयाँ बरामद भएको र पक्राउ परेका ६ जनाको साथबाट जम्मा १ लाख ८५ हजार १ सय २० रुपैयाँ पनि बरामद भएको छ ।
प्रकाशित : २०७७, २६ आश्विन सोमबार १४:३०