दहचोकको मनमोहन अस्पताल र कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र अब कोभिड अस्पताल

  • 371
    Shares
काठमाडौं , २६ असोज । काठमाडौं चन्द्रागिरी १ दहचोकमा रहेको मनमोहन शिक्षण अस्पताल र कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई कोभिड अस्पताल बनाईने भएको छ ।
पर्यटकीय नगरीको रूपमा रहेको दहचोकमा सञ्चालित मनमोहन शिक्षण अस्पताल कोरोनाको संक्रमितहरूको संख्या चन्द्रागिरीमा वढे संगै नगरपालिकाका स्थानीयहरूलाई राख्न आइसोलेसन सेन्टरको रुपमा सञ्चालन भईरहेको थियो ।
हालसम्म आइसोलेसन सेन्टरको रुपमा सञ्चालन भइरहे पनि संक्रमण दर ह्वात्तै बढेपछि यी दुई आइसोलेसन सेन्टरलाई पनि सरकारले कोरोना अस्पताल बनाइने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भयो ।             
प्रवक्ता डा. गौतमले अब यी दुई अस्पतालमा लक्षणसहितका संक्रमित पनि भर्ना गरिने छ । चन्द्रागिरी १२ बलम्वुमा पनि सशस्त्र प्रहरी अस्पतालमा विशेष कोरोना अस्पताल स्थापना गरी सेवा प्रदान गरिदै आईरहेको छ । सरकारले दहचोकमा रहेको अस्पताललाई उच्च प्रविधि मैत्री अस्पताल बनाउनु आवश्यक पनि रहेको छ ।
प्रकाशित : २०७७, २६ आश्विन सोमबार १९:३३