कक्षा १२ को परीक्षा आज वाट सरु ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी

  • 18
    Shares

१५ वैशाख, काठमाडौं

आज वाट सुरु भएको कक्षा १२ को परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भएका छन् । आइतबार बिहान ७ बजेबाट देशभर सुरु भएको परीक्षाका लागि १ हजार १०७ परीक्षा केन्द्र निर्धारण गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार आज वाट सुरु भएको परीक्षा वैशाख २६ गतेसम्म चल्ने जनाएको छ ।
परीक्षामा एक हजार १०७ केन्द्राध्यक्ष, एक हजार ४८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १०७ निरीक्षक, एक हजार ४८९ कर्मचारी, दुई हजार २१४ कार्यालय सहयोगी र १३ हजार १८४ सुरक्षाकर्मीसहित ३४ हजार ४९० जनशक्ति परिचालन गरिने छ ।

परीक्षामा काठमाडौंबाट सबैभन्दा धेरै र मनाङबाट सबैभन्दा कम विद्यार्थी सहभागी रहेको परीक्षा बोडले जनाएको छ । बोर्डका अनुसार काठमाडौंबाट ६२ हजार ५८८ परीक्षार्थी सहभागी भइरहेका छन् भने मनाङमा मात्रै ५९ विद्यार्थीले परीक्षा फर्म भरेका छन् ।

प्रकाशित : २०७६, १५ बैशाख आईतवार ०८:५२