सर जय नेपाल राेजर राेजर भन्दै हिड्ने नक्कली प्रहरी पक्राउ

  • 5
    Shares
महानगरीय प्रहरी अपराध महाशाखाकाे टाेलीले नक्कली प्रहरीलाईद पक्राउ गरेकाे छ ।                                                                                    विगत २ बर्ष देखि आफुलाई नेपाल प्रहरी हुँ भन्दै मानिसहरुलाई अनुचित प्रभाबमा पारी आर्थिक लाभ लिने नक्कली प्रहरी महाशाखाले पक्राउ गरेकाे हाे ।                                                     
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दिपक थापाले पक्राउ पर्नेमा जिल्ला रामेछाप खाँडोदेबी गा.पा. वडा नं. ०६ घर भई काठमाडौं टोखा नगरपालिका बाँनियाटार बस्ने नक्कली प्रहरी २८ बर्ष का गोबिन्द खड्का रहेका छन् ।                                                           
महाशाखा प्रमुख थापाले भने,”म प्रहरी हुँ भनि काठमाण्डौ उपत्यकाका बिभिन्न रात्रीकालिन व्यबसाय संचालन गर्ने स्थानहरुमा गई व्यवसायी लगायतका मानिसहरुलाई अनुचित प्रभाबमा पारी आर्थिक लाभ लिने गरेको भन्ने बिशेष सूचनाको आधारमा हामीले टोखा न.पा. वडा नं. ०८ बाँनियाटारबाट पक्राउ गर्न सफल भयाै ।”
नक्कली प्रहरी भेषधारी खड्काले प्रहरी जस्ताे देखिन सञ्चार सेट (वाकीटकी) बोक्ने र रातकाे समयमा ट्राफिक प्रहरीको यूनिफर्मको, रेनकाेट प्रहरी टिसर्ट सहित आफ्नाे नाम भएका नेम प्लेट सहित हिड्ने गरेकाे अनुसन्धानबाट खुल्न आएकाे छ ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा बरामद भएको सञ्चार सेटहरु, सन् २०१४ मा बिदेशी पर्यटकहरु सगरमाथा आरोहणको समयमा आउने क्रममा बिदेशी पर्यटकहरुले खाना बनाउने र चालक काम गर्ने नेपाली मानिसलाई राख्न दिईएको मा २ बर्ष अगाडीबाट गोबिन्द खड्काले उक्त सेटहरुको दुरुपयोग गरेका थिए ।
प्रहरीले बरामदी गरेको सञ्चार सेटले नेपालमा रहेका अन्य सञ्चार सेटको फ्रिकाेन्सी एयरपोर्टको ग्राउन्ड हाेल्डिङ,प्रहरीको संचारसेट आदीको आवाज टिप्ने गरेको पाईएकाे छ । खड्काले सेट आम नागरिक भएकाे ठाउँमा देखाई सर जय नेपाल राेजर राेजर भन्दै हिड्ने गरेकाेे प्रहरी  दावी छ ।
पक्राउ परेका खड्काले नक्कली प्रहरी नेपाली सेना अन्य सुरक्षा निकाय समेतको पोशाक दुरुपयोग गरि सुरक्षा निकायको कर्मचारी हुँ भनि बिभिन्न ब्यक्तीहरुलाई प्रभावमा पार्ने गरेका थिए ।
प्रहरीले नक्कली प्रहरी खड्काकाे साथवाट केनउडड ब्राण्डको १४४ मेगाहर्जकाे एफएम ट्रान्सरिसिफर हेण्ड वाकिटकि सञ्चार सेट थान १ , एलाईकाे लेखिएको जापानिज सञ्चार सेट थान १, ट्राफिक प्रहरीको यूनिफर्मको रेनकाेट, प्रहरीको टिसर्ट ,गोबिन्द खड्का लेखिएको नेम प्लेट थान १ सुरक्षा निकायले लगाउने बुट-: २ जोर, गोबिन्द खड्काको मतदाता परिचय पत्र -: १, सिठि थान-: २, बा ७८ प १६२ नं. को मो.सा. थान -; १, सवारी चालक अनुमति पत्र थान-१, बिभिन्न ब्राण्डको मोवाईल थान-४ बारामद गरिएको छ ।                 
प्रहरीले उक्त ब्यक्तीबाट कोही कसैलाई बिभिन्न प्रभाव पारि ठगी गरेको भएमा सम्पर्क गर्न हुन समेत आग्रह गरेकाे छ ।
प्रकाशित : २०७७, २९ आश्विन बिहीबार १८:०६