महानगरीय प्रहरी वृत्त बौद्धले नगद सहित ८ जुवाडे पक्राउ

१५ वैशाख, काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले नगद सहित ८ जुवाडे पक्राउ गरेको छ ।कागेश्वरी मनोहरा नगरपालिका– मुलपानी ९ वाट, तिवारीटोल स्थित प्रेम तिवारीको घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट गएको प्रहरी नगद १ लाखख १६ हजार ८ सय १५ सहित पक्राउ गरेको महानगरीय प्रहरी बृत्त बौद्धका प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले वताए ।

डिएसपी चन्दका अनुसार जुवातास खेलिरहेको अवस्थामा गोकर्णेश्वर नगरपालिका(७ बस्ने दोलखा घर भएका शम्भु शेर्पा लगायत ८ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित : २०७६, १५ बैशाख आईतवार ११:१८