पर्साको वीरगन्जबाट साढे २३ किलो अवैध सुन बरामद

  • 176
    Shares
काठमाडौं- प्रहरीले पर्साको वीरगन्ज क्षेत्रबाट २३ किलो सुन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो ।                                     
उक्त अपार्टमेन्ट भारतीय नागरिकको रहेको अनुसन्धानबाट खुलेको छ। सुन बरामद भए पनि मानिस भने कोही अहिलेसम्म पक्राउ परिसकेका छैनन्।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताए ।
सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसम्म अपार्टमेन्टमा अवैध सुन लुकाएर राखिएको सूचना पुगेको थियो । सो सूचनापछि प्रहरी अपार्टमेन्टमा छापा मार्न पुगेको थियो । साेही अपार्टमेन्टमा छापा    हान्दा ३०३ काेटा नम्बरबाट भारी मात्रामा सुुन बरामद भएको थियाे ।
सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो ।
त्यसक्रममा प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ । सुनका गरगहना पनि बरामद भएको छ, जसको तौल ६८१ ग्राम छ ।                 सबै गरेर २३ किलोभन्दा बढी सुन बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।
यस्तै २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद भएको छ
प्रकाशित : २०७७, १ कार्तिक शनिबार १५:०८