अप्रेसन रिचार्ज कार्ड: चोरीका ४ मोटर्साइकल सहित एकैदिन ३ पक्राउ

भक्तपुर । भक्तपुर ठिमी बृतबाट चोरी भएका ४ मोटर्साइकल सहित एकैदिन ३ जना पक्राउ परेकाछन् ।
सोमबार बिहान भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.०३ कौशलटार बस्ने रोहन पराजुलीको घर अगाडी पार्किङ गरी राखेको लु ६३ प ७०७४ नम्बरको NS  २२० सिसि बजाज कम्पनीको कालो रंङ्गको पल्सर मोटरसाईकल हराएको भन्ने सुचनाका आधारमा महानगरीय प्रहरी बृत ठिमी र अपराध महाशाखा पिसिसिबीको संयुक्त टोलीले ४ मोटर्साइकल सहित एकैदिन ३ जना पक्राउ गरेको हो ।
बृतले घटनास्थलमा सुक्ष्म अनुसन्धान गर्दा चोरी भएको ठाउमा नजिकै शंकास्पद ब्यक्ति आई फोनको रिचार्ज गरेको र सोहि समयमा नै मोटरसाईकल हराएको भन्ने यकिन हुनासाथ उक्त स्थानमा फेला परेको रिचार्ज कार्डलाई आधार मानि  “अप्रेसन  रिचार्ज कार्ड” नामबाट अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
उक्त रिचार्ज कार्ड प्रयोग भएको फोन नम्बरलाई आधार बनाई अनुसन्धान गर्दै गर्दा भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.२ मगरगाउँ स्थित साजन न्यौपानेको घर अगाडी पार्किङ गरी राखेको प्रदेश ३-०२-००३ प ३८३५ नम्बरको NS  २२० सिसि बजाज कम्पनीको सेतो रंङ्गको पल्सर मोटरसाईकल समेत चोरी भएको प्रहरीले खबर पायो ।
महानगरीय प्रहरी वृत ठिमी भक्तपुरमा सुचना प्राप्त हुन साथ दुबै चोरीको घटनालाई समानान्तर अनुसन्धान गरिहेको थियो ।
त्यसैगरि मध्यपुर ठिमी नगरपालिका वडा न.८ बोडेमा रहेको बोडे पेट्रोल पम्प नजिकै रहेको गार्मेन्टको अगाडि सडकमा लु ६३ प ७०७४ नम्बरको २२० सिसिको  ल्क् पल्सर मोटरसाईकल नम्वर परिवर्तन गरेको अवस्थामा  परिवर्तित नम्बर प्रदेश ३-०२-०१७ प ६१६७ नं को प्लेट जडान गरिएको अवस्थामा फेला परेकोमा चोरी गर्ने ब्यक्तिको निगरानी गरिरहेको अबस्थामा  प्रदेश ३-०३-०१० प १५६७ नम्बरको २२० सिसिको रातो कालो रंगको पल्सर मोटरसाईकल सहित जिल्ला रामेछाप ठोसे गाबिस वडा नं.०३ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा न. ०८ बोडे बस्ने बर्ष १८ को अरुण तामाङ आई उक्त मोटरसाईकल पार्किङ गरी भाग्दै गर्दा उनलाई समेतलाई पक्राउ गरिएको बृत प्रमुख एबं डिएसपी ऋषिराम कडेलले जानकारी दिए ।
उनीसँगको प्रारम्भिक अनुसन्धानको आधारमा जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नं.४ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा न.८ बोडे बस्ने बर्ष २२ को महेश तामाङलाई कोठाबाट पक्राउ गरि प्रहरीले रिचार्ज कार्ड बेच्ने पसलेबाट सनाखत गराउदा सनाखत समेत भएको डिएसपी कडेलले बताए ।
लगत्तै महेश तामाङको प्रारम्भिक अनुसन्धानको आधारमा जिल्ला सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गाउँपालिका वडा नं।०७ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी नगरपालिका वडा नं.९ मुलपानी बस्ने बर्ष २९ को मनोज लामालाई मुलपानीबाट प्रदेश ३-०२-०१८ प ४७४१ नम्बरको २२० सिसिको निलो पल्सर  मोटरसाईकल सहित पक्राउ गरिएको र महेश तामाङको प्रारम्भिक अनुसन्धानको आधारमा प्रदेश ३-०२-००३ प ३८३५ नम्बरको २२० सिसिको पल्सर NS मोटरसाईकल (सेतो रंङ्गको)  मध्यपुर ठिमी नगरपालिका वडा न. ०५  कमेरोटारबाट बरामद गरिएको थियो ।
यस संबन्धमा थप अरु ब्यक्तिहरूको संग्लग्नता लगायतका बिषयमा यस कार्यालयबाट सुक्ष्मरूपमा थप अनुसन्धान भईरहेको बताइएको छ ।
पक्राउ परेका ब्यक्तिहरूको विवरण
1,जिल्ला रामेछाप ठोसे गा.बि.स.वडा नं.०३ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी
नगरपालिका वडा न. ०८ बोडे बस्ने बर्ष १८ को अरुण तामाङ ।
2,जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नं.०४ घर भई हाल जिल्ला भक्तपुर
मध्यपुर ठिमी नगरपालिका वडा न. ०८ बोडे बस्ने बर्ष २२ को महेश तामाङ ।
3. जिल्ला सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गाउँपालिका वडा नं.०७ घर भई हाल
जिल्ला काठमाण्डौ कागेश्वरी नगरपालिका वडा नं.०९ मुलपानी बस्ने बर्ष २९ को मनोज
लामा ।
बरामद हुन आएको मोटरसाईकलहरु
1. लु ६३ प ७०७४ नम्बरको २२० सिसिको  NS पल्सर मोटरसाईकल नम्वर परिवर्तन गरेको अवस्थामा  परिवर्तित नम्बर प्रदेश ३-०२-०१७ प ६१६७
2. प्रदेश ३-०३-०१० प १५६७ नम्बरको २२० सिसिको रातो कालो रंगको पल्सर मोटरसाईकल
3 .प्रदेश ३-०२-०१८ प ४७४१ नम्बरको २२० सिसिको निलो पल्सर मोटरसाईकल
4. प्रदेश ३-०२-००३ प ३८३५ नम्बरको २२० सिसिको पल्सर NS मोटरसाईकल (सेतो रंङ्गको)
साथै मनोज तामाङ र महेश तामाङको साथबाट बरामद भएका मोटरसाईकलहरुको
सवारी धनि हाल सम्म खुल्न नसकेको ।
प्रकाशित : २०७७, ४ कार्तिक मंगलवार १०:०३