ट्राफिक प्रहरी प्रमुख ढकाल नागढुङ्गामा : ट्राफिक व्यवस्थापनमा कुनै कसर नराख्न निर्देशन

  • 32
    Shares
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भिम प्रसाद ढकाल नागढुङ्गा नाकाकाे अनुगमन तथा निरिक्षणमा आएका छन् ।           
नागढुङ्गा आएका ट्राफिक प्रमुख ढकालले नागढुङ्गाबाट बाहिरिने यात्रुहरूकाे समस्या र गुनासाहरू के छन् त भनेर आफैले साेधेका हुन् ।
आफ्नाे मतहतका ट्राफिक प्रहरीहरूलाई निर्देशन दिदै ढकालले दसैं, तिहार, छठ, नेपाल सम्वतलगायतका चाडपर्वमा ट्राफिक व्यवस्थापनमा कुनै समस्या नआउन दिन चुस्त रूपमा खटिन निर्देशन दिए ।                             
ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम प्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरूले सोहीअनुसारको विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पारेका हुन्।                                                                                  उनले भने,‘अहिलेको अवस्था भनेको विशेष अवस्था हो, हामीले सोहीअनुसारको ट्राफिक व्यवस्थापन गरेका छौं। सुरक्षित र मर्यादित भएर हामीले पनि त्यहीअनुसारको सुरक्षा व्यवस्था गरिराखेका छौं।’                                             
राजधानी छाेड्ने यात्रुहरूलाई सजिलो तुल्याउनेगरी आफूहरूले सुरक्षा व्यवस्था अपनाएको उनको भनाइ छ। सवारीसाधन दुर्घटनाको तथ्यांक हेर्दा धेरै दुर्घटना चालकको लापरबाहीको कारणले भएको देखिएको सुनाउँदै ढकालले यसतर्फ पनि आफूहरूले विशेष ध्यान दिएको सुनाए।
चाडपर्वको मुखमा दुर्घटना हुनु दुःखद् कुरा भएको सुनाउँदै त्यस्तो दुर्घटना नहोस् भनेर नै विशेष सुरक्षा व्यवस्था अपनाइएको उनको भनाइ छ।
आम नागरिक यात्रुहरूलाइ सहज गर्न र गराउन सादा पोशाकमा पनि प्रहरी परिचालित रहेको उनको भनाइ छ।
ढकालले नाकढुङ्गा नाका बाट पिप्लामाेड,झ्याप्लेखाेला सम्म पुग्दा बाटाे र ट्राफिक जाम समस्या नभएकाे र गाडी बाटाेमा बिग्रेकाे खण्डमा र्‍याकर तयारी अबस्थित रेहेकाे ढकाल बताउछन् ।
उनले नागढुङ्गा नाकाकाे ट्राफिक व्यवस्था निकै राम्रो रहेको सुनाए। उनले उपत्यकाका वाट सवारी नियम उल्लंघन गर्नेहरू दैनिक १६, १७ सय सवारीहरू कारबाहीमा पर्ने गरेको पनि उनले आंकडा सुनाए।
त्यस्तै, मापसे गर्ने पनि दैनिक १५० जना कारबाहीमा परेका छन्। ढकालले चाडपर्व लक्षित गरेर ५ सय जना युवा स्वयमसेवीहरू परिचालित भएको पनि सुनाए।
ढकालले केही समस्या परे सिधै आफूहरूलाई सम्पर्क गर्न पनि सुझाए। त्यसको लागि उनले १०३ मा सम्पर्क गर्न आग्रह गरेका छन्। आफूहरू चौबिसै घण्टा सेवमा समर्पित रहेको उनको भनाइ छ।
प्रकाशित : २०७७, ४ कार्तिक मंगलवार ११:३०