मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्टको उपाधी निर्जना पलान्चोके लाई

काठमाडौं  ४ कार्तिक । सिजन मिडिया द्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ ।

उक्त प्रतियोगीतामा भक्तपुरकी निरजर्ना पलान्चोके श्रेष्ठ प्रथम विजेता भएकी हुन उनले नेपाली गितमा नृत्य गरेकी थिइन भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो र तृतिय स्थान अनिला वन्तले हात पार्न सफल भएकी हुन् ।

पत्रकार खतिवडा र वन्तले क्रमश नाटक र नृत्य विधामा सहभागी जनाएका थिए ।

उक्त कार्यक्रमको निर्णायक मण्डलमा नायक तथा डाइरेक्टर आकास अधिकारी, वरिष्ठ सौन्दर्य विद सिता न्यौपाने,कर्पोरेट चिफ कुमार चालिसे , नृत्य निर्देशक राजेन्द्र कमल राई र गायक विनोद वाँनिया रहेका थिए । नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा अन्तिम छनौटमा २४ जना प्रतियोगीहरु सहभागी भएका थिए उक्त प्रतियोगीतामा महिलाहरुको आफ्नो आन्तरिक कलाहरु जस्तै एक्टीङ कला, नृत्य, गायन, खाना पकाउने रेसिपी र मेकअप आदि विषयमा प्रतियोगीले १ मिनेटदेखि ३ मिनेटसम्मको भिडियो वनाएर पठाएका थिए ।                                             

भिडियोे छनोट पछि सिजन मिडियाको अफिसियल फेसवुकमार्फत सार्वजनिक गरिएको थियो भने मूल्याङकनको लागि लाइक सेयर को आधारमा २५ प्रतिशत नम्वर अनलाइन र एसएमएस भोटिङवाट ५० प्रतिसत नम्वर र निर्णायक मण्डलको मूल्याङ्कनबाट २५ प्रतिसत गरि विजेता छनोैट गरिएको हो ।

उक्त विजेताहरुलाई २०७७ सालको दशै पछि लगत्तै पुस्कार वितरण तथा सम्मान गरिने आयोजक सिजन मिडिाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।

प्रतियोगिताका विजेताले “मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट २०२०” को ताज सहित फ्रिज, द्धितिय हुनेले टिभि र तृतिय हुनेले भ्याकुप क्लीनर प्राप्त गर्नेछन भने ५ जना प्रतियोगीलाई सान्वना पुरस्कार स्वरुप टेवल घडि प्रदान गरिने छ ।

प्रकाशित : २०७७, ४ कार्तिक मंगलवार १७:३२