राष्ट्रपतिद्वारा ऐतिहासिक रानीपोखरीको भव्यताका साथ उद्घाटन (फोटोफिचर)

  • 11
    Shares
काठमाडौँ, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण सम्पन्न भएपछि ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् ।                   
२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गरिएको हो । विभिन्न तिर्थस्थलबाट ल्याइएको जल रानीपाखेरीमा हालेर उद्घाटन गरिएको हो ।                                                   
उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहेको थियो । मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो।                               
शहरी बिकास मन्त्री कृष्णगाेपाल श्रेष्ठले नेपालकै पुरातात्त्विक र एतिहासिक महत्त्व बाेकेकाे रानीपाेखरीले जिवनत पाएकाे र याे एउटा गर्वकाे बिषय रहेकाे बताए । मन्त्री श्रेष्ठले हरेक शहर फरक र विशेषताकाे शहर बनाउने कार्यक्रममा लाग्ने बताए ।                                                 
२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेका थिए ।               
प्रकाशित : २०७७, ५ कार्तिक बुधबार १४:३८