नागढुगां वाट लागुऔषध सहित एक पक्राउ

  • 18
    Shares

काठमाडौं ÷१५ वैशाख
महानगरी प्रहरी प्रभाग नागढुगाले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरी प्रहरी प्रभाग नागढुगांका प्रहरी प्रमुख ज्ञानवहादुर खड्काको नेतृत्वको टोलीले चन्द्रागिरी न.पा वडा नं. २ नागढुंगा स्थित बुटवल बाट काठमाण्डौँ तर्फ आउँदै गरेको लु १ ख ८७६६ नम्बरको को यात्रु बाहक बस चेक जाँचको क्रममा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको हो ।

महानगरी प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार जिल्ला कास्की पोखरा लेखनाथ उपमहानगर पालिका वडा नं. ९ नयाँबजार घर हुुने वर्ष १९ को सफल गुरुङ्गलाई लागुऔषध सहित पक्राउ गरिएको वताए ।

गुरुङ्गको साथवाट डाईजेपाम २० एम्पल, फेनारगन २० एम्पल र नुफिन २० एम्पल फेला परेको बृत्त प्रमुख थापाले वताए ।उनलाई नियन्त्रमा दिई थप अनुषन्धान पश्चात लागुऔषध ऐन अन्र्तगत मुद्धा चलाईएको थानकोट प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६, १५ बैशाख आईतवार ११:४७