बडादशैं: आज ‘गिद्दे एकादशी’ !,टिका लगाउने क्रम जारी

  • 75
    Shares
काठमाडौं । विजया दशमीको भोलिपल्ट आज एकादशी ।
आज पनि टिका लगाउने क्रम जारी छ । बिशेषगरि देशका पूर्वी तथा मध्यभागमा दशैंको टीका लगाउने क्रम आज पनि जारी छ ।
पश्चिमी भेगमा भने विजया दशमीको दिनमात्र टीका लगाउने चलन छ । यद्दपी टाढाटाढाबाट आउने पाहुनाहरुक लागि भने आज पनि टीका, जमरा लाउने प्रचलन कायमै छ ।                       
काठमाडौं उपत्यका र आसपासका जिल्ला र पूर्वतिर दशैं  कोजाग्रत पूर्णिमाको दिन मात्रै सकिन्छ ।
‘गिद्दे एकादशी’
आज देशभर पापांकुशा एकादशी मनाइँदै छ ।
दशैँको टीकाको भोलिपल्ट पर्ने यो एकादशीको आफ्नै विशेष महत्व छ । आजको दिन बिहानै उठेर नुहाइ(धुवाइ चोखो कपडा लगाएर व्रत सुरु गर्ने गरिन्छ । पूजापाठ र मन्दिर दर्शनपछि एकादशी महिमा सुन्ने चलन पनि छ ।
आजको एकादशीमा व्रत बस्नाले मामाघर तर्फबाट दश पुस्ता, पितृकुल तर्फबाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फबाट दश पुस्ता पितृहरुले बैकुण्ठ प्राप्त गर्ने शास्त्रीय मान्यता तथा जनविश्वास छ ।
दशैँमा काटमार गरिने र त्यसकै सेरेफेरोमा पर्ने हुनाले बोलीचालीको भाषामा मानिसहरुले पापकुंशा एकादशीलाई ‘गिद्दे एकादशी’ पनि भन्ने गर्दछन् ।
आज सुन, तिल, जौ, अन्न, भूमी, छाता र जुत्ता दान गर्नाले मृत्युपछि स्वर्गलोक प्राप्त हुने विश्वास रहिआएको छ ।
प्रकाशित : २०७७, ११ कार्तिक मंगलवार १२:२७