सभापति देउवाद्वारा दुःख व्यक्त

  • 2
    Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं तरुण विभाग सदस्य मेदनी महतो धानुक (मदन मण्डल) को निधनप्रति दुःख व्यक्त गरेका छन् । बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका–५ निवासी धानुकको उपचारका लागि आज काठमाडौंँ ल्याइँदै गर्दा बाटामै निधन भएको हो ।

सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् । धानुकले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । कांग्रेसले उनको निधनबाट एक होनहार युवा नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

प्रकाशित : २०७७, १६ कार्तिक आईतवार १३:४५