राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि प्रदान

  • 2
    Shares

२० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको १८ औं मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।

बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ ।

भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणको लागि बुधबार काठमाडौं आएका छन् ।

प्रकाशित : २०७७, २० कार्तिक बिहीबार १७:३३