सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री शाहलाई हेलिकप्टरबाट काठमाडौं ल्याईदै

  • 4
    Shares

काठमाडौँ । कोभिड–१९ बाट संक्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।

मन्त्रालयका प्रवक्ता तेज प्रकाश जोशीले मन्त्री शाहलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइने तयारी भएको पुष्टि गरे । मन्त्री शाहलाई गत कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्री शाहको सेती प्रादेशिक अस्पतालको कोरोना स्थायी अस्पतालमा उपचार भइरहेपनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि काठमाडौँ पठाउन लागिएको प्रवक्ता जोशीले जानकारी दिए ।

प्रवक्ता जोशीका अनुसार हेलिकोप्टर व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले समन्वय गरिरहेको छ । नाकबाट रगत बग्न थालेपछि मन्त्री जोशीलाई बिहीबार मात्र अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित : २०७७, २१ कार्तिक शुक्रबार १२:३३