शिक्षा भन्दा ठूलो सम्पत्ति केहि हाेईन : नगर प्रमुख शाह

  • 46
    Shares

कमलेश चन्द्र गुप्ता /- कपिलवस्तु, कार्तिक २१  शिक्षा भन्दा ठूलो सम्पत्ति केहि नरहेको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताएका छन् ।     
जिल्लाको कृष्णनगर नगरपालिकामा सञ्चालित उडान कक्षाका बालिकाहरूलाई साइकल वितरण कार्यक्रममा नगर प्रमुख शाहले यस्तो बताएका हुन् ।                       

उडान छोरी शिक्षाले विद्यालय जान छोडेको र विद्यालय नगएका बालिकाहरुलाई नियमित विद्यालय अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने शाहले विश्वास व्यक्त गरे।

उडान बालिका कक्षा शिक्षाले अन्धकारमा बितिरहेको बालिकाहरुको उज्ज्वल भविष्यतर्फ प्रोत्साहनमा महत्वपूर्ण भुमिकाको निर्वाह गरेको उनले बताए ।

“छोरी शिक्षित भए परिवारसहित पुरै समाज परिवर्तन हुन्छ अनि मात्र शिक्षित समुदायको कल्पना गर्न सकिन्छ” नगरप्रमुख शाहले भने ।

शिक्षा भन्दा ठूलो पुजी केहि न रहेकोले बालिकाहरुलाई निरन्तर विद्यालय पठाई शिक्षित परिवार बनाउन नगर प्रमुख शाहले अभिभावकहरुसँग आग्रह समेत गरे ।

कृष्णनगर नगरपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित उडान कक्षाका १ सय ५६ बालिकालाई आज साइकल वितरण गरिएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गरिएको बताए ।

उनीहरुलाई साइकलबाट विद्यालय आवतजावतमा सहज पनि हुने उनकाे भनाई छ ।विचैमा विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरुलाई खोजी उडान सिकाई केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरेको संयोजक घिमिरेले बताए ।                                       

कार्यक्रममा कृष्णनगर नगरपालिकाका सुदीप मौर्या, अमर श्रीवास्तव, बिभिन्न उड़ान कक्षा का बालिका, अभिभावक,बुद्धजीवि, समाजसेबी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम फिल्ड अफिसर तापस कुमार मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : २०७७, २१ कार्तिक शुक्रबार १७:५८