प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई

         फाइल तस्विर

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।

ऐतिहासिक जितका लागि प्रधानमन्त्रीले ओलीले आइतबार ट्वीट गर्दै राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका हुन्।                                   

उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे । बाइडनकै तर्फबाट उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन् ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन् । अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज (सिट) जित्नुपर्छ। बाइडेनले कुल २७३ सिट निश्चित गरेर जित हासिल गरेका हुन्।

बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए।

प्रकाशित : २०७७, २३ कार्तिक आईतवार ११:०८