धादिङ जेसीजद्वारा धार्केबजारमा रक्तदान

  • 32
    Shares

 

काठमाडौ ,बडा दशै, तिहार तथा छठ पर्व २०७७ को पावन अवसरमा धादिङ जेसीजले धुनिबेशी नगरपालीका वडा नं. ६ को धार्केबजारमा रहेको तरकारी बजार भित्र आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

धादिङ जेसीजका अध्यक्ष प्रितम त्रिपाठीका अनुसार कोरोना भाईरस कोभिड १९ द्वारा श्रृजित हालको बिषम परिस्थीतीमा रगतको चरम अभाव भै बिरामीहरुको उपचारमा समस्या उत्पन्न भईरहेको बर्तमान परिस्थीतीलाई मध्यनजर गरी “मानवताको सेवा नै जिवनको सर्वौत्तम कार्य हो।” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै बिरामीको उपचारमा टेवा पुर्याउने उद्देश्यले धादिङ जेसीजले रक्तदानको कार्यक्रम गरिएको जानकारी गराउनु भएको छ।

आजको रक्तदान कार्यक्रममा सहभागी भै रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाता तथा सहभागीहरुलाई धादिङ जेसीजका पुर्व अध्यक्ष शदिप बिक्रम शाहले धन्यबाद ब्यक्त गर्नु भएको थियो।

कर्यक्रमका संयोजक सरोज गजुरेलका अनुसार करिब १५० जनाले सहभागीता जनाएको कार्यक्रममा जम्मा ३४ जनाले रक्तदान गरेको जानकारी दिनु भयो।

प्रकाशित : २०७७, २३ कार्तिक आईतवार १२:०३