तस्बिरकाे दुरुपयोगले सामाजिक सञ्जाल ततायाे । मेलम्ची नगरपालिकाका मेयेरलाई गालीकाे बर्षा

  • 10
    Shares

मेलम्ची, १६ बैशाख । याे तस्बिरले सामाजिक सञ्जालमा हल्चल मच्चाएको छ । नवविवाहित दम्पत्तीले सरकारी गाडि दुरुपयोग गरेर फोटो सुट गरको तस्बिर भाइरल भए पछि सामाजिक सञ्जालहरूमा विभिन्न टीका टिप्पणीहरू अाएका हुन् । उक्त तस्बिरका फाेटाे ग्राफरले विभिन्न काेणवाट तस्बिर कैद गर्दा याे दृश्य कैद हुन पुगेकाे हाे ।

फोटोग्राफरको गल्तीले गर्दा मेलम्ची नगरपालिकाका प्रमुखले सामाजिक संजाल मार्फत गाली खाएका छन्। प्रसङ्ग हो सरकारी गाडीकाे दुरुपयोग भयाे भने बिषयमा ।

तस्बिरमा देखिने सरकारी नम्बर प्लेटको बा २ झ १६५० नम्बरको स्करपीयो सिन्धुपाल्चोक स्थित मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर अर्यालको हाे ।

बैशाख ८ गते थलिमा एक विवाहमा निम्ता मान्न जाँदा मेयरको गाडि अगाडि अमृत सुर्खेती नाम गरेका फोटोग्राफरले उनीहरुको फोटो सेसन गर्ने क्रममा यो तस्बिर कैद गरेका थिए ।

नवदम्पत्तीले पोज दिएर फोटो खिच्ने बेहुला महेश पण्डित हुन् भने बेहुली किरण लामा हुन्। फोटो खिचेपछि फोटोग्राफर सुर्खेतीले नै आफ्नो फोटो स्टुडियोको नामबाट खोलिएको फेसबुक पेजमा पोस्ट गरेका थिए।

अहिले सोहि फोटो सामाजिक संजालमा भाइरल भएको छ । यस बारेमा मेलम्ची नगरपालिकका मेयर अर्यालसँग कुरा गर्दा सो नम्बर प्लेटको गाडि आफ्नो भएको तर यस घटना बारे आफुलाई पनि अहिले मात्र थाहा भएको बताए । यस प्रकरणमा निर्दोष भए पनि फोटोग्राफरको बदमासीले मेयरले सामाजिक संजालमा गाली र नकारात्मक टिप्पणी भईरहेकाे छ ।

यो घटनाले सार्बजनिक सम्पति र सवारीसाधनहरुको प्रयोग गर्दा निकै सचेत बन्नुपर्ने देखिएकाे छ ।

प्रकाशित : २०७६, १६ बैशाख सोमबार १३:०२