चितुवाको छाला र लागू औषधसहित दुई पक्राउ

  • 5
    Shares
दाङ, २६ कात्तिक । दाङ प्रहरीले चितुवाको छाला र लागू औषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ८ बनगाउँमा चितुवाको छाला र लागू औषध कारोबार भइरहेकाे छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार दिउसो दुई बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १२ का २६ वर्षीय मधु डाँगी र प्युठान नौबाहिनी गाउँपालिका वडा नं. ५ का २७ वर्षीय धनसिंह टमाटा रहेको प्रहरीले बताएको छ ।
उनीहरुको साथबाट प्रहरीले ३ किलो ७५० ग्राम लागू औषध [अफिम] र पुच्छर सहितको ६ फिट ११ ईन्च लम्वाई भएको चितुवाको छाला बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेश चन्दले जानकारी दिए ।
प्रकाशित : २०७७, २६ कार्तिक बुधबार १५:०७