चन्द्रागिरि नागढुङ्गमा लाखाै मुल्यकाे बरावरकाे पटका सहित शेख पक्राउ

२६ कात्तिक काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ५९,९०० थान पटाकासहित एक सहित एक जनालाई पक्राउ गरेकाे छ ।
चन्द्रागिरि न.पा.२ स्थित नागढुङ्गा चेकप्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले सर्लाही जिल्लाको मंलङ्गवाबाट काठमाण्डौँ आउँदै गरेको ना ५ख २७७० नम्बरको यात्रु बाहक बस चेक जाँच गर्ने क्रममा उक्त पटका सहित एक जनालाई पक्राउ गरेकाे हाे ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले
बसको पछाडिको डिकिमा सेतो ४ वटा बोरामा लुकाई छिपाई ल्याएको पटाका जम्मा ५४,६००। (चहुन्न हजार छ सय ) थान
बिष्फोटन पदार्थ पटाका सहित यात्रुवाहक बसका सहचालक जिल्ला सर्लाही बरहथवा नगरपालिका वडा नं. ३ घर बताउने बर्ष २४ को बिक्रम शेखलाई पक्राउ गरिएको बताए ।
उनले ल्याएकाे बिग लेखिएको बिष्फोटन पदार्थ पटाका जम्मा ३०० ( तीन सय ) थान र राेल क्याप लेखिएको बिष्फोटक पदार्थ ५००० रोल ( पाँच हजार) रोल छन् ।
बरामद गरीएको पटकाको अबैध बजार मुल्य अनुमानित रू ३ लाख रहेको थानकोट प्रहरी प्रमुख श्रेष्ठले बताए ।
थानकोट प्रहरीले पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा थप अनुसन्धान भैरहेको छ जनाएको छ ।