तीन चाेटी सम्म एउटै तालिम केन्द्रमा दरबन्दी परेका प्रहरी निरीक्षक संग मिलेर एसएसपीकाे कमाउ धन्दा

कञ्चनपुर- नेपाल प्रहरीको सूदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलका कमाण्डेण्ट एसएसपी प्रदीप श्रेष्ठले प्रशिक्षार्थी सिपाहीबाट टिनको बाकसमा पनि कमिसन मागेका छन।                                                                            प्रहरीमा भर्ना भएर तालिमकालागी तालिम केन्द्रमा पुगेका करिब ६ सय जनाको तालिम पुर्व चाहिने समान खरिदमा उनले कमिसन मागेका हुन।                                                                                  २० देखि २५ वर्ष सम्म एउटै तालिम केन्द्रमा जरा गाडेर बसेका गुरु वा र प्रहरी निरीक्षक भए पश्चात् तीन पल्ट एउटै तालिम केन्द्रमा दरवन्दी हालेका प्रहरी निरीक्षक रणबहादुर चन्द एसएसपी श्रेष्ठ मिलेर गरिव जनताकाे छाेराछाेरीकाे पसिना चुस्न वाध्य बनाईरहेका छन् । दिपायल तालिम केन्द्रलाई व्यापारी तालिम केन्दकाे रूपमा लिन थालिएको छ ।                                                        तालिम केन्द्रले प्रत्येक प्रशिक्षार्थीबाट खानाबापत लेखा शाखाबाट समेत १ हजार काट्ने गरेकाे स्राेतले बतायाे ।
तलिम पुर्व लिनु पर्ने दैनिक प्रयोगका ओड्ने ओछ्याउनेदेखि टुथब्रससम्मका समान छन। ती समान किन्न प्रतिव्यक्ति १५ देखि २० हजारसम्म उठाइएको छ। एसएसपी श्रेष्ठले सिरक, डसना, तन्ना र टिनको बाकसमा प्रति व्यक्ति एक हजार लिएर डोटी पिपल्लाका एक मुश्लिम व्यापारीलाई कामको जिम्मेवारी दिएका छन। बजारमा किन्न जांदा एक हजार दुई सय रुपैंया पर्ने टिनको बाकसको एक हजार पांच सय, दुई हजार आठ सय पर्ने सिरक डस्नाको तीन हजार पांच सय लिएर एसएसपी श्रेष्ठले प्रशिक्षार्थीलाइ महंगोमा किन्न बाध्य पारेका छन। त्यसैगरि ट्याकसुट नेपालगञ्जको ब्यापारी र भित्री वस्त्रहरु धनगढीको व्यापारीसंग कमिसन लिएर महंगोमा बेच्न लगाएका छन।
समान खरिदकालागी देखाउन ईन्सपेक्टर रणबहादुर चन्द र सई शोभान जब्रेलसहितको समान खरिद समिति बनाइएको भएपनि एसएसपी श्रेष्ठले सबै व्यापारीहरुसंग आफै डिल गरेर समान झिकाएको तालिम केन्द्र स्रोतले बतायो। कमिसन खाएर पनि समान गुणस्तरहिन पठाइएको छ। २२ गेजको बाकस ३० गेजको तथा सिरकमा कालो रुइ हालेको छ। मंगल जम्मा ६ सय १२ जना प्रशिक्षार्थी आउनु पर्नेमा ५३ जना अनुस्थित भएका छन। एसएसपी श्रेष्ठले भने समान खरिदमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन। खरिदकालागी छुट्टै समिति बनाइ दिएको र सो समितिले के गर्यो आफुलाई जानकारी नभएको बताए।
पछिल्ला १५ महिनादेखि तालिम केन्द्र दिपायलमा कार्यरत एसएसपी श्रेष्ठले अघिल्लो वर्ष पनि यस्तै गतिबिधिहरु गरेर रकम असुलेको तालिम केन्द्र स्रोतले जानकारी दियो। अघिल्लो वर्ष नै कार्वाहीमा परेका श्रेष्ठलाई अन्तिम समयमा तत्कालिन डिआईजी ताराणीप्रसाद लम्सालले जोगाएका थिए। बुडर स्थित तालिम केन्द्र भित्रका रुख काटेर बेचेको लगायतका विषयमा उजुरी परेपछि प्रहरी मुख्यालयले छानबिनकालागी एसपी विष्णु केसीको नेतृत्वमा टोली पठाएको थियो।
सो टोलीले कार्वाहीकालागी सिफारिस गरेको भएपनि डिआईजी लम्सालले आईजीपी ठाकुर ज्ञवालीसंग भनसुन गरेर जोगाएका थिए। यस पटक पनि प्रहरी मुख्यालय लगायतका निकायहरुमा उजुरी परेको बताइन्छ।यसमा सम्वन्धित निकायकाे समयमै ध्यान जावस
प्रकाशित : २०७७, २६ कार्तिक बुधबार २१:५८