संखुवासभाकाे चैनपुरमा प्रहरी र अज्ञात समुहबिच दाेहाेराे फाईरिङ

  • 17
    Shares
संखुवासभामा प्रहरीकाे गस्ती टाेलीमाथि अज्ञात समुहले फायर खाेलका छन् । गस्तीका लागि गएकाे प्रहरी टाेलीलाई डाडा माथीवाट पटक पटक गरि राउन्ड खाेलेपछि प्रहरीले पनि फाईरिङ खाेलेकाे हाे ।
संखुवासभाकाे चैनपुर नगरपालिका ४ मदाने जङ्गलमा प्रहरीले एसएलआर राईफल बाट आठ राउन्ड फाईयर खाेलिएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभा सभाका प्रमुख डिएसपी नवराज मल्लले बताए ।
डिएसपी मल्लले भने,”प्रहरीकाे पटाेलिङ्गमा १३ जनाकाे टाेली परिचालित थिए डाँडा माथीवाट अज्ञात समुहले फायर खाेल्याे साेहि क्रममा हाम्रो तर्फवाट पनि आठ राउन्ड फायर खाेल्याै ।
भिडन्तमा दुवै पक्षकाे कुनै मानवीय क्षति नभएकाे बताईएकाे छ । किन फाईरिङ भयाे कसले गर्याे भने विषयमा अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएको छ । अज्ञात समुहले १५ /१६ राउन्ड फाईर खाेलेकाे स्राेतले जानकारी दियाे ।
प्रकाशित : २०७७, १ मंसिर सोमबार १८:०७