मेलम्चीबाट एकैदिन २६ जुवाडे पक्राउ

१ मंसिर, सिन्धुपाल्चोक । जिल्ला स्थित ईलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकले एक दिन विभिन्न स्थानबाट नगद सहित २६ जुवाडे पक्राउ गरेकाे छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा जुवा खेलिरहेका अवस्थामा उनिहरूलाई पक्राउ गरेकाे हाे ।
ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले मेलम्ची नपा वडा नम्बर ८ केउरेनीमा चुलनाथ गिरीकाे घरमा अवैध रूपमा जुवा काैडा खेलिरहेकाे अवस्थामा ६ जना लाई १६ थान काैडा सहित नगद १ लाख ४ हजार ५ सय पैंतालीस नगद बरामद गरिएकाे बताए ।
त्यस्तै प्रहरी निरिक्षक तामाङका अनुसार वडा नम्बर ५ सिन्धुकाेट मा रहेकाे हरि भन्ने लाेकबहादुर रायमाझीकाे घरमा काैडा खेलाईरहेकाे अवस्थामा नगद ३ लाख तेईस हजार ३ सय पैंतालीस नगद सहित २० जना पक्राउ परेका छन् ।
उक्त जुवा घर वाट प्रहरी १६ थान काैडा, ५ बुक तास समेत बरामद गरेकाे छ ।
पक्राउ परेका २६ जना विरुद्ध जुवा एेन अन्तर्गत अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।
प्रकाशित : २०७७, १ मंसिर सोमबार २०:५४