कुलेश्वर बाट नगद सहित ७ जुवाडे पक्राउ

  • 7
    Shares
२ मंसिर काठमाडौं । महानगरीय प्रहरी बृत्त कालिमाटीले कुलेश्वरबाट नगद सहित ७ जना जुवाडे पक्राउ गरेकाे छ ।
अबैध जुवा खेल्ने खेलाउने कार्य गरी रहेको भन्ने सुचनाको आधारमा कामपा वडा नं. १४ कुलेश्वरबाट जुवा खेलिरहेका अवस्थामा उनिहरूलाई पक्राउ गरेकाे हाे ।
महानगरीय प्रहरी बृत्त कालिमाटी प्रहरी नायव उपरीक्षक अपिलराज बाेहाेराले कुलेश्वर घर भई बस्ने बर्ष ४४ को शिब श्रेष्ठकाे आफ्नै घर कोठामा जुवा तास खेलिरहेकाे अवस्थामा जुवा खाल बाट नगद दुई लाख अर्तिस हजार अाठ सय पचास नगद र सात लाख चाैरानब्य हजार अाठ सय सत्तरी बराबरको बिभिन्न बैंकको चेक ११ थान, तास १ बुक समेत बरामद गरिएको बताए ।।
डिएसपी बाेहाेराका अनुसार पक्राउ पर्नेमा १४ कुलेश्वर बस्ने बर्ष ४४ को शिब श्रेष्ठ ,काभ्रे चौरी देउराली गाउँपालिका वडा नं. ६ घर भई कुलेश्वर बस्ने बर्ष ४४ को यादब चौलागाई ,धादिङ्ग थाक्रे गाउँपालिका वडा नं. ८ घर भई कलंकी बस्ने बर्ष ४१ को राजु पौडेल चितवन भरतपुर १३ घर भई कुलेश्वर बस्ने बर्ष ३१ को राजिब श्रेष्ठ ,बर्ष ४४ को केशब प्रसाद मुडवरी फबारा जितपुर घर भई कलंकी बस्ने बर्ष ४१ को श्याम तामाङ्ग, कैलाली बर्दगोरिया गाउपालिका वडा नं. ३ घर भई कालीमाटी बस्ने बर्ष २८ को प्रेम बडुवाल रहेका छन् ।
पक्राउ परेका ७ जना विरुद्ध जुवा एेन अन्तर्गत अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।
प्रकाशित : २०७७, २ मंसिर मंगलवार ०८:४२