भाइटिकाको साँझ चन्द्रागिरीमा १४ वर्षीया बालिका बलात्कृत गर्ने लोहार पक्राउ

काठमाडौँ । चन्द्रागिरि २ बसुण्डोलमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
भाइटिकाको दिन अर्थात् सोमबार साँझ चन्द्रागिरी नगरपालिकास्थित बसुण्डोलमा १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।
महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा थानकोट प्रहरीले एक युकवलाई नियन्त्रणमा लिएको बताए ।
डिएसपी श्रेष्ठले भने, हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–२ बस्ने २३ वर्षीय सुरेश लोहारलाई नियन्त्रणमा लिइएका छाै ।”
श्रेष्ठका अनुसार लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबरजस्तीकरणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् ।
महानगरीय प्रहरी बृत्त थानकोटका अनुसन्धान अधिकारी प्रहरी निरीक्षक गायत्रीराज शर्माले घटना लगत्तै फरार रहेका लोहारलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ करणी सम्बन्धि कसुरमा थप अनुसन्धान भइरहेको बताए ।
प्रकाशित : २०७७, २ मंसिर मंगलवार १०:०९