लागुऔंषध चरेश सहित दुई जना प्रहरी विर्ता पर्साकाे नियन्त्रणमा

२ मंसिर काठमाडौं । वडा प्रहरी कार्यालय विर्ता पर्साले ४ के.जी. ८९० ग्राम चरेस सहित दुई जनालाई पक्राउ गरेकाे छ ।
विर्ताबाट खटि गएको प्रहरी टोलीले जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.१६ मितेरीपुल नजिकै पक्की सडक खण्ड स्थितमा नेपालबाट भारत तर्फ जादै गरेको पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा चरेस सहित दुई जनालाई पक्राउ हाे ।
वडा प्रहरी कार्यालय विर्ता पर्साका प्रमुख प्रहरी निरीक्षक राजेश पुरीले पर्सा बीरगंज म.न.पा.वडा नं.३ छप्कैया बस्ने बर्ष २८ को अभिषेक श्रीस्तवको साथबाट लागु औषध चरेश २ के.जी.४४५ ग्राम र पर्सा बीरगंज म.न.पा.वडा नं.५ बस्ने बर्ष २३ को धिरज पटेलको साथबाट लागु औषध चरेश २ के.जी.४४५ ग्राम सहित नियन्त्रणमा लिएकाे बताए ।
उनिहरूलाई नियन्त्रणमा लिई लागुऔंषध सम्वन्धी मुद्दामा अनुसन्धान भईरहेकाे वडा प्रहरी कार्यालय विर्ता पर्साले जनाएको छ ।
प्रकाशित : २०७७, २ मंसिर मंगलवार ११:२५